Logo

‘ड्रिम गर्ल’को व्यापार उत्साहजनक, चार दिनमा कति ?



कखरा संवाददाता


१ असोज, एजेन्सी । आयुष्मान खुरानाको मुख्य भूमिका रहेको चलचित्र ‘ड्रिम गर्ल’ले भारतीय बक्स अफिसमा उत्साहजनक व्यपार गरेको छ । शुक्रबारबाट प्रदर्शनमा आएको चलचित्रले चार दिनमा ५२ करोडको व्यापार गरेको बलिउड व्यापार विश्लेषक तरण आदर्शले ट्वीट गरेर जानकारी दिएका छन् ।

पहिलो दिन शुक्रबार १०.०५ करोडको व्यापार गरेको चलचित्रले दोस्रो दिन शनिबार १६.६२ करोड, तेस्रो दिन आइतबार १८.१० करोड र चौथो दिन सोमबार ७.७३ करोडको व्यापार गरेको छ । राम्रो ‘माउथ पब्लिसिटी’ का कारण चलचित्रको व्यापारमा सहयोग पुगेको बताइएको छ । चलचित्र विश्लेषकहरुले पनि चलचित्रको प्रशंसा गरेका छन् ।

राज शाडिल्यको निर्देशनमा बनेको चलचित्रमा आयुष्मानसहित नुशरत भरुचा, अन्नु कपुर, अभिषेक बनर्जी र विजयराज लगायतको मुख्य अभिनय रहेको छ । चलचित्रमा केटीको आवाजमा कुरा गर्ने एक युवाको कथा देखाइएको छ । आयुष्मानले केही समयअघि चलचित्र ‘अन्धाधुन’मा गरेको उत्कृष्ट अभिनयका लागि ‘नेशनल अवार्ड’ समेत पाएका थिए ।

प्रतिक्रिया दिनुहोस्