Logo

बिरामी बोकेको जिप नदीमा खस्यो, ६ बेपत्ता



कखरा संवाददाता


१ असोज, काठमाडौं । संखुवासभाको खादबारीबाट २ जना बिरामी बोकेर अस्पताल जाँदै गरेको जिप अक्कर भिरबाट अरुण नदीमा खसेको छ ।

को १ ज ३७४९ नम्बरको जिप मंगलबार राति ११ बजे धर्मदेवी नगरपालिकास्थित अक्करको भिरबाट अरुण नदीमा खसेको हो ।

जिल्ला प्रहरी कार्यालयले दिएको जानकारी अनुसार जिपमा सवार ६ जना बेपत्ता छन् । उनीहरुको खोजी कार्य जारी रहेको नगरप्रमुख रमेशकुमार जिमीले बताउनुभयो ।

प्रतिक्रिया दिनुहोस्