Logo

एनआरएनए अमेरिकाको उपसंयोजकमा राम सी पोखरेलद्वारा उम्मेद्वारी घोषणा



कखरा संवाददाता


२८ भदौ, काठमाडौं । गैरआवासीय नेपाली संघ ९एनआरएनए०को अमेरिका क्षेत्रको उपसंयोजक पदमा राम सी पोखरेलले उम्मेद्वारी घोषणा गरेका छन् । मुख्यतस् राष्ट्रिय समन्वय परिषद् र आइसिसीका विचमा विधानले तोकेको कार्यक्षेत्रमा रही समन्वयकारी भूमिका खेल्ने भन्दै पोखरेलले आफ्नो उम्मेद्वारी घोषणा गरेका हुन् ।

अमेरिकामा एनआरएनएका गतिविधि हुन नसकेका राज्यमा एनआरएनलाई संगठित गराउँदैं राष्ट्रिय समन्वय परिषद् खोल्ने भूमिकामा जोड दिने भन्दै उनले आफ्नो उम्मद्वारी घोषणा गरेको बताए । एनआरएनएको सक्रियतामा महत्वपूर्ण भूमिका खेल्दै आएका पोखरेलले अमेरिका र क्यानडाको एनआरएनए एनसिसीमा एनआरएनहरुलाई संगठित गर्न राष्ट्रिय समन्वय परिषद्सँग मिलेर काम गर्ने बताएका छन् ।

अमेरिकामा बस्ने नेपालीको हक अधिकार स्थापित गर्नका लागि राष्ट्रिय समन्वय परिषद् भएका राष्ट्रको हकमा एनसीसी मार्फत र नभएका राष्ट्रमा आइसीसीको समन्वयमा काम गर्ने उनले बताए ।उपसंयोजक पदमा उम्मेद्वारीको दावी गर्दै पोखरेलले पदीय जिम्मेवारी वहन गर्ने अवसर दिएमा जिम्मेवारीमा न्याय गर्न सक्ने गरी काम गर्ने प्रतिवद्धता जनाएका छन् ।

विभिन्न सामाजिक संघ संस्थामार्फत सामाजिक सेवामा सक्रिय रहँदै आएका पोखरेल अमेरिकामा नेपालीहरुको पहिलो लायन्स क्लबको रुपमा रहेको डलास एभरेष्ट लायन्स क्लबको अध्यक्ष भएर काम गरेको अनुभव छ । नेपाली समाज टेक्ससको समेत अध्यक्ष भएर काम गरेका पोखरेलले सन् २०१५र १७ मा गैर आवासीय नेपाली संघ अमेरिकाको उपाध्यक्ष पद सम्हालि सकेका छन् ।

विभिन्न पदमा रहेर आफ्नो जिम्मेवारीपूरा गरेका पोखरेलले यो कार्यकालमा गर्न बाँकी रहेका अधुरा योजना सम्पन्न गर्न पनि उपसंयोजक पदका लागि उम्मेदवारी घोषणा गरेको बताए । गैर आवासीय नेपाली संघ अन्तराष्ट्रिय समन्वय परिषद्को विश्व सम्मेलन आउँदो असोज २८(३० गतेसम्म काठमाण्डौंमा हुदैंछ । उक्त सम्मेलनले गैर आवासीय नेपाली संघको नयाँ नेतृत्व चयन गर्नेछ ।

प्रतिक्रिया दिनुहोस्