२८ भदौ, काठमाडौं । स्वदेशी बजारमा शुक्रबार पनि सुनको मूल्यमा गिरावट आएको छ । बिहीबारको तुलनामा शुक्रबार सुनको मूल्य २ सय रुपैयाँले घटेको छ ।
मूल्य घटेसँगै छापावाल सुन प्रतितोला ७० हजार ६ सय रुपैयाँमा कारोबार भएको छ भने तेजाबी सुनको मूल्य ७० हजार ३ सय पुगेको छ । यस्तै चाँदीको मूल्य पनि प्रतितोला ५ रुपैयाँ घट्दै शुक्रबार ८ सय ७० रुपैयाँ भएको छ ।
भदौ महिनाको अन्तिम साताको शुरु हुन लागेसँगै सुनको मूल्य लगातार घटिरहेको छ । मंगलबार ७ सय रुपैयाँ घटेको सुनको मूल्य बुधबार स्थिर रहे पनि बिहीबार २ सय रुपैयाँ र शुक्रबार पनि २ सय रुपैयाँले घटेको छ ।
शनिबार भने शुक्रबारकै सुनको मूल्य कायम हुनेछ । शनिबार नेपाल सुनचाँदी व्यवसायी महासंघले सुनको मूल्य तोक्दैन ।