Logo

‘लामखुट्टे मार्न सक्दैन, कांग्रेसमाथि आक्रमण’



कखरा संवाददाता


२८ भदौ, काठमाडौं । नेपाली कांग्रेसले पार्टीको बाँके सभापति किरण कोइरालासहित नेता तथा कार्यकर्तामाथि भएको आक्रमणको निन्दा गरेको छ ।

कांग्रेसले बाँकेको खजुरा गाउपालिका वडा नम्बर २ को सितापुरमा आयोजना गरेको राष्ट्रिय जागरण अभियानमा आक्रमण भएको थियो । कांग्रेसले कार्यक्रममा सत्ता रुढ दल नेपाल कम्युनिष्ट पार्टी(नेकपा) का कार्यकर्ताले आक्रमण गरेको जनाएको छ ।

कांग्रेसले शुक्रबार पार्टी मुख्यालयमा पत्रकार सम्मेलन गरी घटनाको भत्र्सना गरेको छ । सम्मेलमा प्रवक्ता विश्वप्रकाश शर्माले घटनाको भत्र्सना गर्दै त्यस्तो क्रियाकलाप नदोहोर्याउन नेकपालाई चेतावनी दिनुभयो ।

‘यो आक्रमण कांग्रेसमाथिको प्रहार मात्रै होइन, लोकतान्त्रिक परिपार्टी माथिकै आक्रमण हो’ उहाँले भन्नुभयो, ‘यसले समग्र राजनीतिका बारेमा वितृष्णा बढ्छ । सरकारले गम्भीरता पूर्वक सोचोस् ।’ प्रवक्ता शर्माले सरकारले जनचाहना अनुसार काम गर्न नसकेको टिप्पणी गर्नुभयो । ‘सरकारले  लामखुट्टे  मार्न सक्दैन , बाँकी कुरो के पो गर्न सक्ला ? उहाँले भन्नुभयो ।

प्रतिक्रिया दिनुहोस्