Logo

कार्यकर्तालाई खनालको आग्रह : सचेत भएर अघि बढौं



कखरा संवाददाता


२८ भदौ, इलाम । पूर्व प्रधानमन्त्री तथा नेकपाका वरिष्ठ नेता झलनाथ खनालले देशमा कम्युनिष्ट आन्दोलनले गति लिँदै आजसम्म आइपुग्दा ७० वर्ष पुरा भएको उल्लेख गर्दै सचेत भएर अघि बढ्नुपर्ने बताउनुभएको छ । १५ महिना अघिसम्म अलग अलग विचारधारा भएकै कारण झडपको स्थिति भएपनि त्यसले हाल सकारात्मक मोड लिएको खनालको भनाई छ ।

खनालले पहिलो संविधानसभाले संविधान जारी गर्न नसकेपछि संविधान जारी गर्नकै लागि देशमा भएका ठुला पार्टीबीच भएको सम्झौताले संविधान जारी भएको र संघियता कार्यान्वयनको अग्रदिशामा अघि बढेको बताउनुभयो । असाधारण त्याग र बलिदानपछि हाल मुलुक यो चुलीमा प्रवेश गरेको भन्दै यो उपलब्धी गुमाउन नहुनेमा खनालले जोड दिनुभयो ।

राजनीतिक आन्दोलन आवश्यक छैन: पूर्व सभामुख नेम्वाङ
नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का स्थायी समिती सदस्य तथा पुर्व सभामुख सुवासचन्द्र नेम्वाङले अब नेपालमा राजनीतिक आन्दोलनको आवश्यकता नभएको बताउनुभएको छ ।

आजसम्मका सबै आन्दोलनलाई संविधानले समेटेको दावी गर्दै नेम्वाङले फेरि पनि अधिकारका नाममा आन्दोलन गरिरहनुको औचित्य नभएको बताउनुभएको हो । उहाँले भन्नुभयो ‘सबै आन्दोलनलाई समेटेर समावेशी संविधान बनाएका छौं । अहिले त्यही संविधान कार्यान्वयन गरिरहेका छौं सबैले अधिकार प्राप्त भइसकेकाले अब कुनै आन्दोलनको आवश्यकता छैन ।

नेम्वाङले अहिलेको संविधान विश्वकै उत्कृष्ट भएको दावी गर्दै वर्तमान संविधानको विकल्प नभएको दावी गरे । संविधानप्रती असन्तुष्ट दल र समुदायप्रती लक्षित गर्दै नेम्वाङले भन्नुभयो, ‘समावेशी संविधानसभाले बनाएको संविधान अहिलेसम्मकै समावेसी छ । यहाँ सबैको माग र अधिकार समेटिएको छ । यसको विकल्प खोज्नु मुर्खता हो ।’

पछिलो समय सरकारको काम प्रति भइरहेको तिव्र आलोचनाको बचाउ समेत गर्दै उनले सरकार अधिनायकवादतर्फ उन्मुख भइरहेको भन्ने विपक्षीको आरोप मात्र भएको बताउनुभयो ।

प्रतिक्रिया दिनुहोस्