Logo

गृहमन्त्रीका भाइको गुन्डा नाइकेसँग ‘कनेक्सन’, यस्तो दिए बयान



कखरा संवाददाता


२७ भदौ, काठमाडौं । फिरौती संकलनको आरोपमा पक्राउ परेका गृहमन्त्री रामबहादुर थापाका भाइ नरेशसहित सात जनाविरुद्ध काठमाडौं जिल्ला अदालतमा बिहीबार बयान शुरु भएको छ ।

नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरोले अनुसन्धान प्रतिवेदनसहित फाइल आइतबार सरकारी वकिलको कार्यालयमा बुझाएको थियो ।

ब्युरोले निर्माण व्यवसायी महासंघका अध्यक्ष शरदकुमार गौचनको हत्याको मुख्य अभियुक्तका रूपमा केन्द्रीय कारागारमा रहेका समीरमान बस्नेतसँग मिली फिरौती संकलनको धन्दा चलाएको आरोपमा उनीहरूलाई पक्राउ गरेको हो ।

के छ थापाको बयानमा ?
सिआइबीसँगको बयानमा भने नरेश थापाले आरोप अस्वीकार गरेका छन् । उनले पक्राउ परेका मध्ये शैलेश प्रजापति र विनोद चिनेको बताएका छन् । उनले पवन खड्कासँग पनि शैलेशमार्फत् चिनजान भएको स्वीकार गरेका छन् । आफूले समीरमानसिंह बस्नेत, सुरेश नगरकोटी, वीरबल भट्टराई, मनबहादुर पुन मगर, जावेद अनवरदिनलाई भने नचिनेको बताएका छन् ।

‘मैले प्रतिवादी शैलेश प्रजापति, विनोद लामालाई चिन्छु, निजहरूसँग दुई महिनाअघि चिनजान भएको हो । शैलेश प्रजापतिले सञ्चालन गरेको फुल कोर्टमा खाजा नास्ता खान जाँदा चिनेको हुँ । प्रतिवादी शैलेश प्रजापतिमार्फत् प्रतिवादी पवन खड्कासँग भेटघाट भएकाले निजसँग चिनजान भएको हो । निजहरूसँग नाता सम्बन्ध र रिसइबी केही पनि छैन । अन्य प्रतिवादीहरू समीरमानसिंह बस्नेत, जावेद, सुरेन नगरकोटी, वीरबल भट्टराईलाई चिन्दिनँ’, थापाले प्रहरीलाई दिएको बयानमा उल्लेख छ ।

‘प्रतिवादी शैलेश प्रजापतिलाई अनुसन्धानको क्रममा केन्द्रीय अनुसन्धान ब्युरोले पक्राउ गरी महानगरयि प्रहरी वृत्त कमलपोखरीमा राखेको कुरा उनकै श्रीमतिबाट थाहा पाएर भेट्न गएको थिएँ, थापाको बयानमा उल्लेख छ । यो समाचार कान्तिपुर र नागरिक दैनिकमा प्रकाशित छ । 

प्रतिक्रिया दिनुहोस्