Logo

डिएसपीले दिएनन् गाडी किनेको पैसा



कखरा संवाददाता


२६ भदौ,  चितवन । नेपाल प्रहरीका नायव उपरिक्षक (डएसपी) राजकुमार सिलवालले गाडीको किनेको पैसा दिएका छैनन् ।

रत्ननगर नगरपालिका–२ हाइस्कुल रोडका कृष्णप्रसाद पाण्डेसँग २०७४ जेठमा ४५ लाख ९० हजारमा सिलवालले गाडी किनेका थिए । बा१२च ५६९५ नम्बरको फोर्डको इको स्पोर्ट गाडी उनले किनेका थिए ।

गाडी बिक्री गरेका कृष्णप्रसाद पाण्डेले सिलवालसँग सात लाख रुपैयाँमात्र पाएका छन् । दुई सातामा बाँकी रकम दिन्छु भनेपछि २०७५ असारमा सिलवालको नाममा उनले गाडी नामसारी गरिदिएका थिए ।

प्रतिक्रिया दिनुहोस्