Logo

आँखा फुटाएर महिलाको हत्या



कखरा संवाददाता


२६ भदौ, नवलपरासी । नवलपरासीको गैडाकोटमा आफ्नै घरमा मृत अवस्थामा भेटिएकी महिलाको गरगहना लुटिएर हत्या भएको प्रहरीले जनाएको छ ।

घरमा एक्लै बस्दै आएकी गैडाकोट १५ मनकामना टोलका ७० वर्षीय जेष्ठ नागरिक भुमादेवी खत्री आफ्नै घरमा मृत अवस्थामा भेटिएकी थिइन । उनको मंगलबार राति मृत्यु भएको भएपनि प्रहरीले बुधबार विहान मात्र मुचुल्का उठाएको थियो ।

उनको शव भान्छा कोठाको भाँडा माझ्ने स्थानमा घोप्टो परेको अवस्थामा फेला परेको थियो । उनको कान, टाउको र अनुहारमा चोट लागेको छ । धारियो हतियार प्रहार नगरेको भएपनि उनलाई गहना लुट्ने क्रममा कुटपिट गरेर हत्या गरेको प्रहरीले प्रारम्भिक अनुमान गरेको छ ।

उनको शरिरमा भएको गहना चोरी भएको प्रहरीले अनुमान गरेपनि के कति चोरी भएको खुलेको छैन । उनको तीन छोरा जापान र अष्ट्रेलियामा बस्दै आएका र उनी घर एक्लै बस्दै आएकी थिइन् । समाचार राजधानी दैनिकमा प्रकाशित छ ।

प्रतिक्रिया दिनुहोस्