Logo

एनसेल फैसला अध्ययन गर्न समिति गठन



कखरा संवाददाता


२५ भदौ, काठमाडौं । एनसेल कर छली प्रकरणमा अदालतबाट भएक फैसला अध्ययन गर्न समिति गठन भएको छ । फैसला अध्ययन गर्न नेपाल बार एशोसिएशनले वरिष्ठ अधिवक्ता श्रीहरि अर्यालको संयोजकत्वमा ५ सदस्यीय समिति गठन गरेको हो ।

समितिमा गोपालचन्द्र घिमिरे, डा.चन्द्रकान्त ज्ञवाली, रविनारायण खनाल, रुद्रप्रसाद पोखरेल रहनु भएको छ । समितिलाई फैसला अध्ययन गरेर त्यसबारे प्रतिवेदन तयार पार्न जिम्मेवारी दिइएको छ ।

एनसेलको कर छली प्रकरणमा अदालतले गरेको फैसलाको आलोचना हुँदै आएको छ । सांसदहरुले समेत फैसलाबारे छानविन माग गर्दै आएका छन् ।

प्रतिक्रिया दिनुहोस्