Logo

‘छिछोरे’को कमाई दुई दिनमा १९ करोड



कखरा संवाददाता


२४ भदौ, एजेन्सी । सुशान्त सिंह राजपूत र श्रद्धा कपूरको मुख्य भूमिका रहेको चलचित्र ‘छिछोरे’ले भारतीय बक्स अफिसमा दुई दिनमा १९।५७ करोडको व्यापार गरेको छ । चलचित्र शुक्रबारदेखि प्रदर्शनमा आएको हो ।

पहिलो दिन शुक्रबार ७.३२ करोडको व्यापार गरेको चलचित्रले दोस्रो दिन शनिबार १२.२५ को व्यापार गर्दै दुई दिनमा १९.५७ करोड कमाएको बलिउड ब्यापार विश्लेषक तरण आदर्शले ट्वीट गरेर जानकारी दिएका छन् ।

छिछोरेको निर्देशन नितेश तिवारीले गरेका हुन् । उनले यसअघि आमिर खानको मुख्य अभिनय रहेको चलचित्र दंगलको निर्देशन गरेका थिए । दर्शक र चलचित्र विश्लेषकहरुले ‘छिछोरे’ उत्कृष्ट भएको प्रतिक्रिया दिएका छन् ।

प्रतिक्रिया दिनुहोस्