Logo

खतिवडाको व्यंग्‍य : ‘विद्युत व्यापारीको पनि कडा झड्का’



कखरा संवाददाता


२२ भदौ, काठमाडौं । अर्थमन्त्री डा. युवराज खतिवडाले यथार्थ नबुझी व्यवसायीहरूले असन्तुष्टि जनाउने गरेको संकेत गरेका छन् । नेपाल विद्युतीय व्यवसायी महासंघको दशौं वार्षिक साधारणसभामा मन्त्री खतिवडाले स्विच अन्यत्रै भए पनि सरकारलाई झड्का दिने गरेको बताएका हुन् ।

‘विद्युतीय सामग्री मात्रै कडा हुन्छ, चम्किलो हुन्छ भन्ने लागेको थियो। विद्युतको व्यापार गर्दागर्दै करेन्ट प्रवाह गर्ने भइसक्नुभएछ, राम्रै झड्का दिनुहुँदो रहेछ, यद्यपि त्यसको स्विच अन्तै हुन्छु मन्त्री खतिवडाले भने । अर्थमन्त्री खतिवडाले विद्युत् उत्पादन र वितरणमा नेपाल आन्तनिर्भर हुन लागिसकेको अवस्थामा विद्युतीय सामग्रीको उत्पादनमा पनि आत्मनिर्भर हुनुपर्ने बताए । नेपालभित्र उत्पादन हुने विद्युतीय सामग्रीमा सरकारको सानो सहयोगले थप उत्पादन गर्न सकिन्छ भनेर निजी क्षेत्रले स्पष्ट कार्ययोजना बनाउनका लागि खतिवडाको आग्रह छ ।

मन्त्री खतिवडाले विद्युत् उत्पादनसँगै त्यसको खपतमा पनि जोड दिनुपर्ने उनको भनाइ छ । पेट्रोलियम ऊर्जालाई विद्युतीय ऊर्जाका माध्यमबाट प्रतिस्थापन गर्न सरकारले निश्चित कार्ययोजना लिएर अगाडि बढेको खतिवडाले बताए । विद्युतीय सामग्रीको आयात गरेर व्यापार गर्ने कार्यमा भन्दा बढी नेपालमै उत्पादन गर्न केन्द्रित हुनको लागि अथर्मन्त्री खतिवडाले व्यवसायीलाई आग्रह गरेका छन् । ुमुलुकभित्रै उत्पादन गर्नुहोला, उत्पादित वस्तु आयात गर्नका लागि सरकारले भन्सार घटाउने सम्भावना कम छु खतिवडाले भने ।

प्रतिक्रिया दिनुहोस्