Logo

भारतले प्राकृतिक बहाव थुन्न ‘बाँध’ बनाएपछि नेपालमा त्रास



कखरा संवाददाता


२२ भदौ, काठमाडौं । दसगजा क्षेत्रमा भारतले बनाएको बाँधजस्तो संरचना मर्मत–सम्भार गरी बलियो बनाउन थालेपछि रौतहटका स्थानीयमा त्रास थपिएको छ ।

अन्तर्राष्ट्रिय नियमको उलंघन गर्दै भारतले बाग्मती र लाल बकैयाको प्राकृतिक बहाव अवरोध हुनेगरी सीमावर्ती क्षेत्रमा ढोका ९फाटक० सहितको स्थायी संरचना बनाएपछि रौतहट सदरमुकाम गौरसहित दर्जनभन्दा बढी गाउँमा डुबानको पिरले थपिएको हो ।

भारतले बनाएको बाँधजस्तो स्थायी संरचनाका कारण रौतहटका दर्जनभन्दा बढी गाउँ बर्सेनि डुबानमा पर्दै आएका छन् । यो समाचार आजको नागरिक दैनिकमा मदन ठाकुरले लेखेका छन् ।

प्रतिक्रिया दिनुहोस्