Logo

दिपकको ‘नसम्झेको दिन छैन…’मा गोपाल र खुसी (भिडियोसहित)



कखरा संवाददाता


२२ भदौ, काठमाडौं । कलाकार दिपक चालिसे (सफल)को नयाँ गीत सार्वजनिक भएको छ । ‘नसम्झेको दिन छैन कुनै’ बोलको गीतमा गोपाल तिमल्सिना र देवि घर्तिको स्वर छ । कलाकार चालिसेको शब्द रचना रहेको गीतमा गायक तिमल्सिनाको संगीत छ ।

सुन्दर शब्द र मिठो गीतको भिडियो पनि दमदार बनेको छ । आरभ प्रोडक्सनले निर्माण गरेको भिडियोमा गोपाल तिमल्सिना र खुसी चालिसेको अभिनय छ । सागर गौतमको छायांकन रहेको गीतको भिडियोलाई राजेश कुमारले सम्पादन गरेका हुन् ।

अनिशा अधिकारीले निर्माण गरेकी म्युजिक भिडियोको उत्पादन तथा वितरणको जिम्मा जिटि डिजिटल म्युजिक प्रा.लि.ले लिएको छ । दुई वर्षअघि यहि टीमले एउटा गीत सार्वजनिक गरेको थियो । ‘देख्न पाए हुन्थ्यो’ बोलको उक्त गीतमा गोपाल तिमल्सिना र देवी घर्तिको स्वर र दिपक चालिसेको शब्दरचना थियो ।

प्रतिक्रिया दिनुहोस्