२१ भदौ, काठमाडौं । पतिको खुकुरी प्रहारबाट खोटाङको दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–२ सोल्माकी देविका राईको मृत्यु भएको छ ।
घरायसी विवाद हुँदा सीताराम राईले खुकुरी प्रहार गरेपछि देविकाको बिहीबार साँझ मृत्यु भएको जिल्ला प्रहरी कार्यालय खोटाङका डिएसपी वामदेव गौतमले बताउनुभयो ।
सीतारामलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।