२१ भदौ, काठमाडौं । देशभरिको मौसम आंशिकदेखि सामान्य बदली भएको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । पश्चिमका केही क्षेत्र तथा पूर्वका थोरै स्थानमा हल्कादेखि मध्यम वर्षा भइरहेको छ ।
शनिबार दिनभर देशभरको मौसम आंशिकदेखि सामान्य बदली रही केही स्थानमा मेघ गर्जन तथा चट्यांगसहित हल्कादेखि मध्य वर्षाको सम्भावना रहेको मौसमविदले बताएका छन् ।
राति पनि देशभरको मौसम आंशिकदेखि सामान्य बदली रही केही स्थानमा मेघ गर्जन तथा चट्टयांगसहित हल्कादेखि मध्यम वर्षा हुनेछ । मध्य र पूर्वका केही स्थानमा ठूलो पानी पर्ने सम्भावना पनि छ ।