Logo

एटिएमबाट दैनिक ६० हजार मात्र झिक्न मिल्ने



कखरा संवाददाता


२० भदौ, काठमाडौं । नेपाल राष्ट्र बैंकले एटिएम ठगी प्रकरणपछि दैनिक रुपमा झिक्न मिल्ने रकमको सिमा घटाएको छ ।

गत साता एटिएममार्फत करिब साढे ३ करोड रुपैयाँ ठगी भएपछि दैनिक झिक्न मिल्ने एक लाख रुपैयाँको सिमा, ६० हजार रुपैयाँमा सिमित गरिएको छ ।

शनिबार ह्याकरले एटिएममार्फत ठूलो रकम चोरी गरेपछि केन्द्रीय बैंकले उक्त ठगी प्रकरण अध्ययनका लागि समिति गठन गरेको थियो ।

समितिले सोमबार एटिएमबाट झिक्न मिल्ने रकमको सिमा घटाउन सुझाव दिएपछि राष्ट्र बैंकले बिहीबार निर्देशन जारी गरी डेविट कार्ड र क्रेडिट कार्डबाट झिक्न सकिने रकमको सिमा घटाएको हो । कारोबार दैनिकले खबर छापेको छ ।

प्रतिक्रिया दिनुहोस्