Logo

नेपाल लोक स्टारमा अब टप–टेनको प्रतिस्पर्धा



कखरा संवाददाता


१९ भदौ, काठमाडौं । आईएमईको मुख्य प्रायोजन रहेको चाहना मिडिया प्रालिद्वारा उत्पादित नेपालको सबैभन्दा ठूलो रियालिटी शो ‘आईएमई नेपाल लोक स्टार‘को अव उत्कृष्ट दश अर्थात टप टेन सांगीतिक प्रतिस्पर्धा हुने भएको छ ।

७ प्रदेशका मुख्य शहरहरु धनगढी, सुर्खेत, बुटवल, जनकपुर, इटहरी, पोखरा र काठमाडौंमा आयोजना गरिएकोे ओपन अडिशनमा प्रतियोगिताका लागि कुल ३५० जना प्रतिस्पर्धी छानिएका थिए ।

यी प्रतिस्प्रिर्धीहरुबाट बिभिन्न चरणको अडिसन पार्दै बिनोद दनुवार, चेतन गोतामे, दीपेन्द्र राई, मुना अर्याल, पबिन्द्र सुनार , प्रभुराज पाण्डे, रामकुमार नेपाली, रविराज शाह, शनि विश्वकर्मा र सुशिल आचार्य लगायत दश प्रतियोगी मात्र टप टेन स्पर्धामा पुग्न सफल भएका हुन् । प्रतियोगिताको आगामी एपिसोडमा यी दश प्रतिस्र्धीबिच रोमान्चकारी भिडन्त हुने आयोजकले जनाएको छ ।

प्रत्येक बिहिबार र शुक्रबार बेलुकी ८ः३० बजे एपीवान एचडी र डिशहोम रमाइलोमा प्रसारण भइरहेको आइएमइ नेपाल लोक स्टारको प्रथम पुरस्कार रु.५० लाख रहेको छ । द्वितीय पुरस्कार रु। २५ लाख रहेको प्रतियोगिताकमा तृतीयले रु। १० लाख पाउनेछन् ।

सबै बिजेतालाई एल्बमको कन्ट्रयाक्टको व्यवस्था समेत रहेको छ ।सुनिता दुलाल, जयनन्द लामा, रामजि खाँड र बिबि अनुरागी निर्णायक रहेको प्रतियोगिता डिशहोमको अशोसिएसन, सगरमाथा सिमेन्टद्वारा संचालित, लिट्मस केबलद्वारा विद्युतीय अनुरक्षण र दिव्य कुकिङ ओयलद्वारा सह–प्रायोजित गरिएको छ ।

कार्यक्रमका भोटिङ पार्टनर आइएमइ पे र बैंकिङ पार्टनर कृषि विकास बैंक, इन्सोरेन्स पार्टनर सिटीजन लाईफ इन्सोरेन्स, होटल पार्टनर होटल काठमाडौं इन्, ट्राभल पार्टनर इस्ट एण्ड वेस्ट ट्राभल एजेन्सी रहेका छन् ।

प्रमोशन तथा बजार व्यवस्थापन एडप्याड प्रा।लि रहेको प्रतियोगिता कुल ३६ श्रृखलामा पुगेर सकिने छ । करिब १० करोड रुपँैया लागत लाग्ने यो रियालटी शो नेपालकै सबैभन्दा ठुलो रियालटी शो रहेको आयोजकको दाबी छ ।

प्रतिक्रिया दिनुहोस्