Logo

ह्याकरले चोरे तीन करोड ५८ लाख



कखरा संवाददाता


१९ भदौ, काठमाडौं । एटीएम ह्याक गर्ने चिनियाँ टोलीले १३ वटा बैंकका एटीएम बुथबाट तीन करोड ५८ लाख रुपैयाँ लुटेको राष्ट्र बैंकले गठन गरेको समितिले ठहर गरेको छ । समितिले बुधबार प्रतिवेदन बुझाउँदै यस्तो बनाएको हो ।

तर, कसरी रकम लुटियो भन्ने बारेमा भने प्रतिवेदनमा उल्लेख नभएको राष्ट्र बैंकका अधिकारीले बताएका छन् ।

समितिले कुन बैंकबाट कति रकम लुटियो भन्ने विवरण भने बुझाएको छ । तर यसको क्षतिपूर्ति कुसरी हुन्छ भन्नेमा प्रतिवेदनमा उल्लेख नभएको राष्ट्र बैंकका अधिकारी बताउँछन् ।

नेप्सका अधिकारीले भने बुधबार रातिदेखि नै फरेन्सिक अनुसन्धान थाल्ने तयारी रहेको भएको छ ।, अन्नपूर्ण पोस्ट् दैनिकले खबर छापेको छ ।

प्रतिक्रिया दिनुहोस्