१९ भदौ, काठमाडौं । मन्त्रीहरु सहभागी हुने कार्यक्रममा भीड घट्न थालेपछि उनीहरु आयोजकमाथि नै रिसाउन थालेका छन् । कतिसम्म रिसाउँछन् त्यसको उदाहरण मंगलबार जनकपुरधाममा देखिएको थियो ।
भौतिक पूर्वाधानर तथा यातायात मन्त्री रघुवीर महासेठले जनकपुरधामको एउटा कार्यक्रममा सहभागी हुँदा त्यहाँ कम भीड भएपछि रिसाएर कार्यक्रमलाई सम्बोधन नै नगरी फर्किएका थिए ।
मन्त्री महासेठ गणेश युवा कमिटीको अगुवाइमा नवनिर्मित गणेश प्रतिमाको प्राणप्रतिष्ठा कार्यक्रममा सहभागी हुन मंगलबार जनकपुरधाम पुगेकी थिए । राजधानी दैनिकले खबर छापेकाे छ ।