Logo

प्रधानमन्त्रीले सँगै फर्किउला भनेपछि वामदेव पनि सिंगापुर जाँदै



कखरा संवाददाता


१८ भदौ, काठमाडौं । नेकपाका प्रस्तावित उपाध्यक्ष वामदेव गौतम पनि प्रधानमन्त्री केपी शर्मा ओलीलाई भेट्न सिंगापुर जाने भएका छन् । गौतम बुधबार दिउँसो १ बजे सिंगापुर जाने बताइएको छ ।

गौतम मङ्गलबार नै पार्टी महासचिव विष्णु पौडेलसँगै सिंगापुर जाने तयारी थियो । तर, गौतमले पार्टीको काम देखाउँदै अन्तिम समयमा सिंगापुर जाने कार्यक्रम रद्द गरेका थिए ।

नेकपा स्रोतका अनुसार प्रधानमन्त्री ओलीले नै गौतमलाई सिंगापुर आउन भनेपछि त्यसतर्फ प्रस्थान गर्न लागेका हुन् । ‘प्रधानमन्त्रीज्यूले सिंगापुर आउनुहोस्, सँगै फर्किउला भन्नुभएपछि गौतमजी पनि आज सिंगापुर जान लाग्नुभएको हो,’ स्रोतले बतायो ।

प्रतिक्रिया दिनुहोस्