Logo

जागिरको प्रलोभन देखाएर युवतीमाथि यौनशोषण



कखरा संवाददाता


१७ भदौ, काठमाडौं । जागिर लगाई दिने भन्दै युवतीहरूमाथि यौनशोषण तथा उनीहरुबाट लाखौं रकम लुटपाट र ठगी गरेको आरोपमा प्रहरीले एक जनालाई पक्राउ गरी सार्वजनिक गरेको छ । सप्तरीको अग्निसाइर कृष्णा सवरण गाउँपालिका–२ सीतापुर बस्ने २९ वर्षीय सन्तोकुमार यादवलाई प्रहरीले पक्राउ गरी सार्वजनिक गरेको हो ।

एक वर्षअघि मोरङ जिल्ला अदालतबाट एक युवतीको बलात्कार तथा लुटपाट घटनामा दोषी ठहर भई सजायसमेत तोकिएपनि फरार रहेका यादवलाई गोप्य सूचनाका आधारमा आइतबार राति मोरङको बुढीगंगा नगरपालिका–३ स्थित डेराबाट प्रहरीले पक्राउ गरेको हो ।

इमोमार्फत युवतीको फोन नम्बर पत्ता लगाई उक्त नम्बरमा फोन गरी म रोजगारी डटकमको म्यानेजर हुँ विभिन्न बैंक र संस्थामा जागिर लगाइदिन्छु भन्दै प्रलोभन देखाई घरमै बोलाइ लुटपाट र जबर्जस्ती करणीलगायतका अपराधिक काम गर्ने गरेको अनुसन्धानका क्रममा खुलेको डीएसपी मकेन्द्रकुमार मिश्रले बताउनुभयो । राजधानी दैनिकले खबर छापेको छ ।

प्रतिक्रिया दिनुहोस्