दुई वाइडबडी र दुई न्यारोबडी एयरबस विमान खरिद प्रक्रियामा त्रुटि औँल्याएर सांसदहरुले तयार गरेको प्रतिवेदन प्रतिनिधिसभाको अन्तर्राष्ट्रिय सम्बन्ध समितिले ४ महिनादेखि गुपचुप राखेको छ ।
निगमले एक वर्षअघि युरोपको एयरबस कम्पनीबाट वाइडबडी र २०७२ सालमा न्यारोबडी खरिद गरेको थियो ।
निगमको समग्र अवस्थाबारे अध्ययन गरिएको प्रतिवदेनमा वाइडबडी खरिदको प्रक्रियामा नै त्रुटि रहेको उल्लेख छ ।
प्रतिवेदनमा केही मिलाउनुपर्छ भन्दै सभापति पार्वती निरौलाले सार्वजनिक गर्न तत्परता नदेखाएको उपसमितिका सदस्य तथा सत्तापक्षका एक सांसदले बताए ।
आजको कान्तिपुर दैनिकमा समाचार प्रकाशित छ ।