Logo

अब चन्द्रमासँग यानको दूरी घटीमा १२४ र बढी १६४ किमी मात्रै



कखरा संवाददाता


१५ भदौ, काठमाडौँ । भारतको बैंग्लोरस्थित नियन्त्रणकक्षमा रहेको इसरोको टीमले चन्द्रयान–२ को ओर्बिट परिवर्तन गरी यानलाई चन्द्रसतहको झनै नजिक पु¥याएका छन् । २० अगस्तमा चन्द्र ओर्बिटमा प्रवेश गरेको चन्द्र यानको यो तेस्रोपटकको ओर्बिट परिवर्तन हो। २० अगस्त पछि २१ अगस्त, २८ अगस्त र शुक्रबार ३० अगस्त गरी इसरोले चन्द्रयानलाई चन्द्रसतहको झन झन नजिक पुर्‍याउँदै लगिरहेको छ।

यस ओर्बिट परिवर्तन गर्ने क्रममा इसरोका वैज्ञानिकले शुक्रबार बेलुकी ६ बजेर १८ मिनेटमा ओर्बिटर भनिने मुख्ययानको इन्जन प्रज्वलित गराएका थिए। ओर्बिटरको इन्जिन ‘एक्टिभ’ भएपछि यानको ओर्बिट परिवर्तन गरी यसलाई १२४८१६४ किमिको ओर्बिटमा स्थापित गराइयो । यो प्रक्रिया पूरा सम्पन्न हुनलाई ११५५ सेकेन्ड अर्थात १९ मिनेट १५ सेकेन्डको समय लाग्यो।

प्रक्रिया सम्पन्न भएपछि यानको इन्जिन पुनः बन्द गरियो । इसरोले गराएको जानकारी अनुसार १ सेप्टेम्बरका दिन फेरि एकपटक यानको इन्जिन प्रज्वलित गरी यसको ओर्बिट परिवर्तन गरिने छ ।

अर्को ओर्बिट परिवर्तन नभएसम्म यान १२४८१६४ किमी माथिबाट चन्द्र धरातलको परिक्रमा गरिरहने छ । चन्द्रयान–२ मा अर्को महत्वपूर्ण अप्रेसन २ सेप्टेम्बरका दिन गरिने छ । २ सेप्टेम्बरका दिन मुख्य यान ओर्बिटरबाट ‘चन्द्रमामा ओर्लिने अर्को यान ल्याण्डर विक्रमुलाई बेग्लै गरिने छ ।’

२ सेप्टेम्बरको अप्रेसन नै भारतीय चन्द्रअभियान–२ को सबैभन्दा जटिल एवं भारतीय वैज्ञानिकसँग अनुभव नभएको काम हो । चन्द्र ओर्बिटसम्म यान पुर्याउने अनुभव अन्तरिक्ष एजेन्सी इसरोसँग २००८ देखि नै रही आएको छ । २००८ मा इसरोले चन्द्रयान–१ अभियान अन्तर्गत चन्द्रमाको ओर्बिटसम्म आफ्नो यान पठाएको थियो । भारतको यसै अभियानले चन्द्रसतहमा पानी उपलब्ध रहेको पत्ता लगाएको थियो ।

तर चन्द्र ओर्बिटबाट चन्द्रमामा अवतरण गर्ने अनुभव इसरोसंग छैन। इसरोले चन्द्रयान–२ अन्तर्गत पहिलो पटक चन्द्र अवतरण गर्ने योजना बनाएको हो । चन्द्र ओर्बिटमा १००८१०० किमी माथि उडिरहेको चन्द्रयान–२ को मुख्ययान ओर्बिटरसँग पठाइएको अर्को यान ‘ल्याण्डर विक्रम’ लाई अनडक गराई स्वन्त्रत रुपमा चन्द्र अवतरणका लागि पठाउने कार्य भारतीय एजेन्सीले पहिलो पटक गर्न गैरहेको छ, (ल्याण्डर विक्रमले मात्रै चन्द्रअवतरण गर्छ ,मुख्ययान ओर्बिटरको मुख्य काम ल्याण्डरलाई चन्द्रमाको तल्लो ओर्बिटसम्म पुर्याउने मात्रै हो। जस्तो कि भारतीय रकेट पीऐसएलभीको काम मुख्ययान ओर्बिटरलाई पृथ्वीको ओर्बिटसम्म पुर्याएर त्यहा स्थापित गर्नु मात्रै रहेको थियो ।)

इसरोका लागि आउने दिन झनझन चुनौतीपूर्ण हुन गईरहेका छन् । चन्द्रमाको ओर्बिटसम्म आफ्ना यान पुर्याउने अनुभव विश्वमा भारत लगायत अन्य ६ देशका स्पेस एजेन्सीसँग भए पनि (रुस ,अमेरिका ,चीन ,जापान , युरोपियन स्पेस एजेन्सी र इजरायल) चन्द्रधरातलमा आफ्ना यान सफलतापूर्वक ओराल्ने अनुभव अहिलेसम्म तीन देशसँग मात्रै छ । ती तीन देश हुन्–रुस अमेरिका र चीन ।

चन्द्र अवतरण गर्ने यानको गति ओर्लिने बेलामा अति कम राख्नु पर्छ । यानको गति बढी भएमा यान चन्द्रधरातलसंग ठोक्किएर ध्वस्त हुन पुग्छ ।

इसरोले चन्द्रअवतरण गर्ने यान ल्याण्डरको गति अवतरण गर्ने बेलामा २ मिटरप्रति सेकेन्डमा ल्याउनु पर्ने चुनौती रहेको छ। गति बढी हुन गएमा यान नष्ट हुने प्रवल सम्भावना हुन्छ ।

योजना अनुसार ७ सेप्टेम्बरमा चन्द्रयान–२ को ‘सफ्ट ल्यान्दिंग’ सफल भएमा भारत चन्द्रमामा ओर्लिने चौथो देश बन्न पुग्ने छ ।

प्रतिक्रिया दिनुहोस्