Logo

सुदूरपश्चिममा सुन्दरी प्रतियोगिता हुँदै, विजेतालाई स्कुटर पुरस्कार



कखरा संवाददाता


१५ भदौ, धनगढी । सुदूरपश्चिमको धनगढीमा ‘मिस फारवेष्ट’ प्रतियोगिताको दाेस्रो संस्करण सुरु हुने भएको छ ।

रोयल कालाबोरेटिभ प्रा.ली धनगढीको आयोजनामा उक्त प्रतियोगिता हुन लागेको हो । आयोजकले शनिबार धनगढीमा पत्रकार सम्मेलन गरेर सूदुरपश्चिमका क्षमतावान युवतीहरुले प्रतियोगितामा सहभागि हुन पाउन जानकारी दिए ।

आयोजक संस्थाका मिडिया संयोजक देवेन्द्र जोशीले यस प्रतियोगिताले युवतीहरुको अन्तरनिहित प्रतिभालाई बाहिर ल्याउने र व्यक्तित्व विकासमा सहयोग पुग्ने बताए ।

कैलालीको धनगढी, टिकापुर र कञ्चनपुरको महेन्द्रनगरमा हुने अडिसनबाट प्रतियोगिहरु छनौट गरिने आयोजकको भनाई छ । प्रतियोगितामा १० कक्षा पास गरेका र १६ वर्षदेखि २५ वर्षसम्मका युवतीहरु सहभागि हुन पाउने छन् ।

प्रतियोगितामा विजेताले स्कुटर तथा दास्रो हुनेले ५० हजार रुपैयाँ र तेस्रो हुनेले २५ हजार रुपैयाँ पुरस्कार पाउने आयोजकले जनाएको छ। आयाेजकले शनिबारदेखि नै प्रतियोगितामा सहभागिताका लागि आवेदन फारम खुला गरेको छ ।

प्रतिक्रिया दिनुहोस्