Logo

पत्नीले छोड्दा आफन्तका छोरा अपहरण



कखरा संवाददाता


१४ भदौ, काठमाडाैं  । ८ महिना लामो प्रेम सम्बन्धपछि विवाह बन्धनमा जोडिएकी पत्नी घरबाट भागेपछि एक भारतीय नागरिकले आफन्तका छोरालाई अपहरण गरेको खुलेको छ । २५ वर्षीय भारतीय नागरिक शोभित मुखियाले सिरहाको कर्जन्हा नगरपालिकाबाट आफन्तका छोरालाई अपहरण गरेका हुन् । मुखियाले आफनी पत्नी सुरेखादेवी मुखियाकी फुपु सुकनीदेवी मुखियाका ५ वर्षीय छोरा शिवम यादवलाई अपहरण गरेका थिए ।

गत भदौ १० मा अपहरित बालक शिवमलाई मुखियाले भारतीय सीमामा पर्ने सर्लाहीको विष्णुपुरमा पुर्‍याएको प्रहरीले चाल पायो । सिरहा प्रहरीले बिहीबार बालकसहित मुखियालाई नियन्त्रणमा लिएको छ । मुखियाले आफ्नी पत्नी खोजेर ल्याइदिन भन्दै बालकलाई अपहरण गरेको जिल्ला प्रहरी कार्यालय सिरहाका एसपी उमाप्रसाद चतुर्वदीले बताउनुभयो ।

भारतको सितामढी घर भएका मुखियामाथि अपहरण तथा शरीर बन्धक सम्बन्धी मुद्दा लाग्ने भएको छ । पानी पुरी र चटपटे बेच्ने गरेका मुखिया उनी केही समयदेखि सिरहामा डेरा गरी बस्ने गरेका थिए । यही व्यवसायको सिलसिलामा उनको पे्रमसम्बन्ध गाँसिएको थियो । गत भदौ २ गते मुखियाकी पत्नी सुरेखा धनुषाका घनश्याम मुखियासँग भागेपछि उनलाई भगाउन सुकनीले मद्दत गरेको शोभितको आरोप थियो । समाचार अन्नपूर्ण पोष्ट्मा छापिएको छ ।

प्रतिक्रिया दिनुहोस्