Logo

रातिदेखि नै देशभर वर्षा, दिनभर कस्तो रहला मौसम?



कखरा संवाददाता


१४ भदौ, काठमाडौं । देशका अधिकांश स्थानमा हाल बलदी तथा वर्षाको अवस्था रहेको जल तथा मौसम पूर्वानुमा महाशाखाले जनाएको छ । शुक्रबार रातिदेखि नै देशका अधिकांश क्षेत्रमा बदली भई वर्षा भइरहेको मौसमविद शान्ति कँडेलले जानकारी दिएकी छन् ।

बंगालको खाडीबाट जलवाष्पयुक्त वायु नेपाल प्रवेश गरेकाले देशका अधिकांश स्थानमा बदली भइ मेघ गर्जनसहित पानी परेको उनले बताइन् ।

काठमाडौँ उपत्यकासहित देशका अधिकांश क्षेत्रमा शनिबार बिहानै पनि बलदी तथा वर्षा जारी छ । केही समय यो क्रम चलिरहने र दिउँसो केहीबेर भने घाम लाग्ने सम्भावना रहेको मौसमविदले बताएका छन् । तर बेलुकातिर फेरि बदली भइ वर्षा हुने छ ।

यो वर्षा मनसुनी गतिविधिका कारण भने भएको होइन । बंगालको खाडीबाट आएको जलवाष्पयुक्त वायुका कारण वर्षा भएको हो । मनसुन भने निष्क्रिय अवस्थामै छ । मनसुनी न्यून चापीय रेखा दक्षिण तर्फ नै रहेको मौसमविदल कँडेलले बताइन् ।

प्रतिक्रिया दिनुहोस्