Logo

पेट दुखेर अस्पताल भर्ना भएका विद्यार्थीको जापानमा मृत्यु



कखरा संवाददाता


१२ भदौ, जापान । जापानमा एक नेपाली युवकको मृत्यु भएको छ । एक्कासी पेट दुखेपछि अस्पताल भर्ना गरिएका युवकको मृत्यु भएको हो । उनी अध्ययनका लागि जापान आएका थिए ।

मृत्यु हुनेमा बर्दिया नगरपालिका–५ मगरागढी घर भई हाल जापानको कानागावा केनमा बस्दै आएका २९ वर्षीय रामहरी घिमिरे रहेका छन् । घिमिरेको मंगलबार राति चुरिनकाई अस्पतालमा मृत्यु भएको हो ।

मृत्युको कारण भने आइसकेको छैन । अहिले उनको शव नेपाल पठाउने तयारी भइरहेको छ । शव नेपाल पठाउनको लागि नेपाली ८ लाख जापानी ऐन लाग्ने भएकोले रकम संकलनको काम भइरहेको बाँके बर्दिया मैत्री समाज जापानले जनाएको छ । समाजले सहयोगको लागि सबैसामू आग्रह समेत गरेको छ ।

प्रतिक्रिया दिनुहोस्