Logo

एमाले मोडमा बस दुर्घटना, एक जनाको मृत्यु ,२७ घाइते



कखरा संवाददाता


११ भदौ, सुर्खेत । जाजरकोटबाट नेपालगन्जको लागि छुटेको ना ४ ख ९३२७ बस भेरीगंगा नगरपालिका सुर्खेतको रत्न राजमार्गको हर्रे र बबईको बिचमा पर्ने एमाले मोडमा गाडी दुर्घटना हुँदा एक जना महिलाको मृत्यु भएको छ।

दुर्घटनामा २७ जना यात्रु घाइते भएका छन्।  मुतक महिलाको सनाखत हुन बाँकी रहेको छ। गाडी विहान ३ बजे तिर दुर्घटना परेको सुर्खेत प्रहरीले जनाएको छ। उद्दारको लागि इलाका प्रहरी कार्यालय छिन्चु प्रहरी कार्यालय बबई र हेर्रे चेकपोष्टबाट र  नेपाली सेनाको टोली उद्दारमा खटिएको प्रहरीले जानकारी दिएको छ। विस्तृत विवरण आउन बाँकी  रहेकाे छ ।

प्रतिक्रिया दिनुहोस्