Logo

इलियानाको ब्रेकअप



कखरा संवाददाता


१० भदौ, एजेन्सी । मुम्बई– बलिउड अभिनेत्री इलियाना डिक्रुजको प्रेमी एन्ड्रयु नीबोनसँगको प्रेम टुटेको छ । केही बर्षदेखि निबोनसँग डेट गरिरहेकी डिक्रुजको सम्बन्ध टुटेको समाचार बाहिर आएको छ । डिक्रुजको प्रेमी निबोनसँगका सम्बन्ध बिग्रिएको उनको सामाजिक सञ्जालबाट पनि अनुमान लगाउन सकिन्छ । उनले आफ्नो सामाजिक सञ्जालबाट प्रेमी निबोन र उनीसँग सम्बन्धित सबै तस्बिर हटाएकी छन् ।

डिक्रुज सोशल मिडियामा निकै एक्टिभ रहने अभिनेत्री हुन् । उनी अक्सर फ्यानका लागि सोशल मिडियाबाट आफ्नो पर्सनल तस्बिर शेयर गर्ने गर्दछिन् । एक अनलाईन खबरका अनुसार यी दुबै बीच झगडा भएको छ । दुबै एक अर्कोसँग कम्परमाइज गर्न तयार छैनन् । दुबैले एक अर्कासँग कुरा गर्न पनि बन्द गरेका छन् । समाचारमा यो जोडी छिट्टै अलग हुने समेत उल्लेख गरिएको छ ।

केही पहिले यी दुबैको बिवाह गर्ने खबर पनि बाहिर आएको थियो । त्यसपछि गर्भवती भएको समाचार समेत बाहिरियो । तर पनि सबै समाचार हल्ला साबित भयो । ब्यवसायिक जीवनको कुरा गर्ने हो भने इलियाना पछिल्लो समय अजय देवगनको फिल्म ‘रेड’मा देखिएकी थिइन् । यसको अलवा उनको तेलुगु फिल्म ‘अमर अकबर एन्थनी’ पनि आएको थियो ।

प्रतिक्रिया दिनुहोस्