Logo

नाडा अटो शो आजदेखि



कखरा संवाददाता


१० भदौ, काठमाडौं । सवारी तथा सवारीजन्य वस्तुहरुको कुम्भ मेलाका रुपमा लिइने नाडा अटो शो आजदेखि काठमाडौमा शुरु हुँदैछ ।

१४ औं संस्करणको अटो शो ११ बजेपछि शुरु हुने काडमाडौंको भृकुटीमण्डपमा शुरु हुने आयोजक नाडा अटोमोवाइल्स् एशोशियसन अफ नेपालले जनाएको छ । यहि भदौ १५ गते सम्म चल्ने शोमा सवारी साधन, पार्ट पुर्जा, वित्तिय सेवा एवं अन्य सम्बन्धित सरोकारवाला संघ संस्थाहरुको सहभागिता रहनेछ ।

प्रदर्शनीमा ठूला तथा साना गरि करिव १६० वटा स्टल र ब्लकहरु रहने छन् । प्रर्दशनीमा प्रख्यात अन्तरष्ट्रिय ब्राण्डका सवारी साधन, लुब्रिकेन्ट, टायर, पार्टपुर्जाका साथै राष्ट्रिय ब्राण्डका अटो सामग्री उत्पादक एवं वस्तु तथा सेवा प्रदायकहरुको सहभागिता समेत रहने आयोजकले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्