Logo

बझाङमा पहिरो, १ को मृत्यु, २ जना घाइते



कखरा संवाददाता


१० भदौ, बझाङ । केदारस्यु गाउँपालिकामा पहिरोमा परी एक जनाको मृत्यु भएको छ । पहिरोमा पुरिएर वडा नम्बर ८ का बेलु जोशीको मृत्यु भएको हो ।

४० वर्षीय जोशीलाई घरमा सुतिरहेको बेला सोमबार बिहान झिसमिसेमै पहिरोले पुरेको थियो । उनलाई उद्धार गरी उपचारका लागि धनगढीतर्फ लैजाने क्रममा बाटोमा मृत्यु भएको प्रहरीले जनाएको छ ।

पहिरोमा अन्य २ जना घाइते भएका छन् । उनीहरुको स्थानीय प्राथमिक स्वास्थ्य केन्द्र झोतामा उपचार भइरहेको छ ।

प्रतिक्रिया दिनुहोस्