Logo

लिभरपुलको लगातार तेस्रो जित



कखरा संवाददाता


८ भदौ, एजेन्सी । साविक उपविजेता लिभरपुलले इंग्लिस प्रिमियर लिग फुटबलमा लगातार विजयी यात्रा कायम राखेको छ। नयाँ सिजनको तेस्रो खेलमा पनि उसले जित निकालेको छ।

लिग अन्तर्गत शनिबार राति भएको खेलमा मोहम्मद साहलको दुई गोलको सहयोगमा लिभरपुलले अर्सनललाई ३–१ ले पराजित गरेको हो । ४१ औँ मिनेटमा जोएल मातियको गोलबाट लिभरपुलले पहिलो हाफमा १–० को अग्रता लियो । दोस्रो हाफमा थप दुई गोल भयो ।

४९ औँ मिनेटमा पाएको पेनाल्टीमा सालहले गोल गरे । ५८ औँ मिनेटमा सालहले व्यक्तिगत दोस्रो गोल गरेपछि लिभरपुलले ३–० को अग्रता लियो । अवे मैदानमा भएको खेलमा आर्सनलका लागि ८५ औँ मिनेटमा लुकास टोरोइएरालो एक गोल फर्काए ।

लगातार तीन खेल जितेको लिभरपुल ९ अंक सहित शीर्ष स्थानमा छ । यसअघिका दुई खेल जितेको आर्सनल ६ अंकसहित दोस्रो स्थानमा छ । प्रिमियर लिगमा लिभरपुलको यो लगातार १२ औँ जित हो । गएको सिजनका अन्तिमका ९ तथा यो सिजनका सुरुका तीन खेलमा उ विजयी भएको हो ।

प्रतिक्रिया दिनुहोस्