८ भदौ, काठमाडौं । १५ महिनादेखि बन्द मलेसिया रोजगारी खुलाउन भदौ महिनाभित्र क्वालालम्पुरमा दुई देशीय बैठक हुने भएको छ ।
श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले मलेसियाम जाने कामदारको स्वास्थ्य परीक्षण गर्न १ सय २२ स्वास्थ्य संस्थालाई सूचीकृत गरेर नामावली पठाएपछि दुई देशीय बैठक हुन लागेको हो ।
मन्त्रालयले साउन २१ मा सूचीकृत नाम मलेसिया पठाएको थियो । मलेसिया सरकारले स्वास्थ्य मापदण्ड र निर्देशिका पूरा गरेको विशेषज्ञ समितिको सिफारिसका आधारमा यी संस्था छानिएका थिए ।
कार्यदल बैठकमा सहभागी हुन श्रम, रोजगार तथा सामाजिक सुरक्षा सचिव विनोद केसीसहितका पदाधिकारी क्वालालम्पुर जाने भएका छन् । कान्तिपुर दैनिक खबर छापेको छ ।