Logo

फाेन हराएकाे १९ वर्षपछि फेला, ‘स्विच अन’ गर्दा ७० प्रतिशत चार्ज बाँकी



कखरा संवाददाता


७ भदौ, एजेन्सी । नोकियाको मोबाइल ३३१० एक पटक पुनः चर्चामा आएको छ ।

बेलायतको एलेस्मेरे द्विपमा बस्दै आएका केविन मूडीको घरमा १९ वर्ष पुरानो उक्त मोडलको मोबाइल फेला परेसँगै चर्चा भएको हो । जब उसले फोन स्विच अन गरे तब फोनमा ७० प्रतिशत चार्ज रहेको देखे ।

केविनले भनेका छन्, ‘पछिल्लो दिनमा घरको चाबी हराएको थियो । चाबीका लागि दराज खोलेर खोज्दा फोन फेला पर्यो ।’ उनले थपे, ‘मैले १९ वर्ष पहिले यो फोन किनेको थिएँ । अहिले त मैले फोनको बारेमा भुलिसकेको रहेछु । मलाई याद नै थिएन कि मैले यो फोन कहिले चार्ज गरेको थिएँ ।’

प्रतिक्रिया दिनुहोस्