Logo

श्रीमानकाे हत्या गराउन साढे ४ लाखको सुपारी



कखरा संवाददाता


७ भदाै, जनकपुरधाम । महोत्तरीमा एक महिलाले आफ्नै श्रीमानको हत्या गराउन साढे ४ लाख रुपैयाँ दिएको खुल्न आएकोछ । महोत्तरीको बर्दिबास नगरपालिका ३ गौरीडाँडाका ३६ बर्षीय श्रीमान सरोज भनिने श्रवण थापाको हत्याका लागि श्रीमती पूजाले पेशेवर अपराधीलाई साढे ४ लाख रुपैयाँ दिएको प्रहरीले प्रहरीले बताएको छ ।

गत असार ३१ गते श्रवणको हत्या गरेको अवस्थामा बीपी राजमार्ग अन्तर्गत बर्दिबास नगरपालिका–३, मूर्तिपार्क नजिकै शव फेला परेको थियो । पूजाले श्रीमानको हत्या गराउन पूजाले आफ्नी बहिनीमार्फत पेशेवर अपराधी बोलाएको खुलेको छ ।

श्रवणको हत्या गर्नेहरुलाई पक्राउ गरी सार्वजनिक गर्न शुक्रबार आयोजना गरिएको पत्रकार सम्मेलनमा महोत्तरीका प्रहरी प्रमुख उपरीक्षक श्यामकृष्ण अधिकारीले पूजाले नै श्रवणको हत्या गराएको खुलेको जानकारी दिए । पूजा फरार छिन । पूजा पक्राउ परेपछि यसबारे थप खुल्ने प्रहरीको भनाइ छ ।

श्रवणको हत्यामा संलग्नको अभियोगमा प्रहरीले ४ जनालाई पक्राउ गरी शुक्रबार सार्वजनिक गरेको छ । सर्लाहीको धनकौल गाउँपालिका ३ हरकटवाका २७ बर्षीय प्रमोद सिंह, वडा नम्बर २ का २७ बर्षीय मुकेश साह, रौतहटको गढीमाई नगरपालिका ६ बखरी टोलका ३३ बर्षीय श्रीनारायण महरा र ४६ बर्षीय टिआई सहनीलाई शुक्रबार सार्वजनिक गरिएको हो ।

गत असार ३१ गते श्रवणको हत्या गरेको अवस्थामा बीपी राजमार्ग अन्तर्गत बर्दिबास नगरपालिका–३, मूर्तिपार्क नजिकै शव फेला परेको थियो । फरार रहेकी पूजाको खोजी भइरहेको डीएसपी थापाले बताए । थापाका अनुसार श्रीमानले पूजालाई कुटपिट, गालीगलौज गर्ने गरेका कारण हत्या गरिएको हुन सक्ने प्रहरीको आशंका छ ।

श्रवणको हत्या भएको केही दिनअघि श्रवणले आफ्नो जग्गा बिक्री गरेका थिए । उक्त रकम पूजाले आफ्नै साथमा राखेकी थिइन् । यो रकम श्रवणको हातमा नपारोस भन्नका लागि पनि हत्या गरेको हुन सक्ने भन्दै प्रहरीले यसबारे अनुसन्धान भइरहेको जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्