Logo

आइजिपी खनालद्वारा रवि लामिछानेसँग भेट



कखरा संवाददाता


७ भदौ, काठमाडौं । नेपाल प्रहरीका आइजिपी सर्वेन्द्र खनालले अनुसन्धान प्रक्रियामा सघाउन टेलिभिजनकर्मी रवि लामिछानेलाई आग्रह गरेका छन् । न्युज २४ का लामिछाने माउन्टेन टेलिभिजनका पत्रकार शालिकराम पुडासैनी मृत्यु प्रहरणमा छानविनका लागि जिल्ला प्रहरी कार्यलय चितवनको हिरासतमा रहेका छन् ।

शुक्रबारको भेटमा आइजिपी खनालले अनुसन्धानमा सघाउन लामिछानेलाई आग्रह गरेको बताइएको छ । हिरासतमा लामिछानेसहित सञ्चारकर्मी युवराज कँडेल र अस्मिता कार्की रहेका छन् । पत्रकार पुडासैनीको मृत्यु प्रकरणमा मुछिएपछि लामिछानेसहित तीनै जना गत हप्ता काठमाडौंबाट पक्राउ परेका थिए ।

पुडासैनी गत साउन २० गते मृत अवस्थामा चितवनमा फेला परेका थिए । लमिछानेलाई अनुसन्धानको क्रममा दोस्रो पटक म्याद थपिएपछि आइतबार जिल्ला अदालत चितवनमा उपस्थित गराउने भएको छ ।

प्रतिक्रिया दिनुहोस्