Logo

चलचित्र छायांकनको तस्बिर सार्वजनिक भएपछि रिसाए सलमान



कखरा संवाददाता


६ भदाै, एजेन्सी । भारतीय अभिनेता सलमान खानले बुधबार चलचित्र दबंग – ३ को प्रदर्शन मिती सार्वजनिक गरेका थिए। दुई सफल श्रृंखलापछि आउन लागेको दबंग – ३ डिसेम्बर २० मा प्रदर्शन हुँदैछ।

यो चलचित्र हिन्दी भाषासँगै कन्नड, तमिल, तलेगुमा पनि आउनेछ। हिजोआज चलचित्रको छायंकन जयपुरमा भईरहेको छ। सलमान आफै चलचित्रसँग सम्बन्धित तस्बिर र भिडियो सार्वजनिक गरिरहेका छन् तर पनि चलचित्रको सेटबाट केही तस्बिर लिक भएको छ, जसको कारणले सलमान रिसाएका छन्।

सलमान र सानाक्षी नाँच्दै गरेको केही फोटो र भिडियो सार्वजनिक भएको थियो। यो क्रियाकलापपछि रिसाएका सलमानले निर्माता र मार्केटिङ टोलिसँग मिटिङ बसेर अब यस्तो हुन नहुने बताए। साथै उनले सुटिङ सेटेको लागि बनाइएको पर्खाल अझै अग्लो बनाउन आदेश दिएका छन्। उनले सुटिङ क्षेत्रमा सुरक्षा व्यवस्था कडा बनाउनको लागि आदेश दिएका छन्।

दबंग सलमान अभिनित हिट चलचित्रको सिरिज हो, सेप्टेम्बर २०१८ मा दबंग प्रदर्शन भएको ८ वर्ष पुगिसकेको छ। दबंग ३ लाई प्रभु देवाले निर्देशन गर्दैछन्। चलचित्रमा सलमानसँग सोनाक्षी देखिँदैछिन्।

प्रतिक्रिया दिनुहोस्