Logo

हुण्डाईकाे नयाँ गाडी ‘हुण्डाई भेन्यू’ नेपाल भित्रियाे



कखरा संवाददाता


६ भदाै, काठमाडौं । नेपालमा हुण्डाई गाडीको आधिकारिक बिक्रेता लक्ष्मी इन्टरकन्टिनेन्टल प्रालिले ‘हुण्डाई भेन्यू’ गाडी  नेपालमा भित्र्याएको छ। एक कार्यक्रमकाबीच बिहीबार उक्त गाडी सार्वजनिक गरिएको छ। ‘हुण्डाई भेन्यू’ तीन फरक–फरक इञ्जिनको विकल्पसहित उपलब्ध छ। जसमध्ये १.२ लिटर पेट्रोल इञ्जिन कप्पा डुअल भीटीभीटी टेक्नोलोजीकाे छ।  जसको ८३ पीएस पर ६००० आरपीएमको सर्वाधिक पावर रहेकाे छ।

त्यस्तै, १.४ लिटर डिजल इञ्जिन यू २ सीआरडीआईको सर्वाधिक पावर ९० पीएस पर ४००० आरपीएम रहेकाे छ। तेस्रो १.० टर्वो पेट्रोल इञ्जिन कप्पा डुअल भीटीभीटी टेक्नोलोजी छ,  जसको सर्वाधिक पावर १२० पीएस पर ६००० आरपीएमको रहने कम्पनीले जनाएको छ।

‘हुण्डाई भेन्यू’ले ७ स्पीड डीसीटीको उपलब्धता पनि प्रदान गर्ने जनाउँदै लक्ष्मी इन्टरकन्टिनेन्टलले बजारमा उपलब्ध अरु गाडीहरुको तुलनामा ‘हुण्डाई भेन्यू’ले आफ्नो दह्रो उपस्थिति जनाउने दावी गरेको छ। यो गाडिमा स्मार्ट इलेक्ट्रिक सन रुफ, आकर्षक क्रोमयुक्त फ्रन्ट ग्रील तथा स्पोर्टी रुफ रेलसमेत रहकाे छ।

यसको आर १६ डायमण्ड कट एलोई पांग्रा तथा हिल एसिष्ट कन्ट्रोलले नौलो र उत्साहजनक सवारी अनुभव दिने भन्दै कम्पनीले ‘हुण्डाई भेन्यू’मा बत्तिको जडान सुन्दर तथा आधुनिक रुपमा गरिएको दावी गरेकाे छ।

जसअन्तर्गत कर्नरिङ लाइट, प्रोजेक्टर फग लाइट तथा क्रिष्टल इफेक्टसहितको लेड लाइट विशेष रहेको जनाएको छ। लक्ष्मी इन्टरकन्टिनेन्टलले देशभर १३ शोरुम तथा १७ सर्भिस सेन्टरहरुमार्फत ग्राहकहरुलाई सेवा दिँदै आएको छ।

प्रतिक्रिया दिनुहोस्