Logo

मध्यराति श्रीमती र छोरालाई धन्सारमा थुनेर आगो



कखरा संवाददाता


५ भदौ, काठमाडौं । धादिङको सिद्धलेक गाउँपालिका–१ धारापानीका गणेश लम्सालले श्रीमती र २ वर्षीय छोरालाई घरभित्रै थुनेर आगो लगाएका छन् ।

घरायसी विवादका कारण श्रीमती विमला दराई लम्साल र छोरा जेनिसलाई सोमबार मध्यराति धन्सारमा थुनि तारपिन तेल छर्किएर आगो लगाई धन्सारको जस्तापाता झिकेर भागेका थिए ।

बलिरहेको आगोको लप्काको बीचबाटै छोरा बोकेर विमला सोही जस्तापाता निकालेको ठाउँबाट बाहिर हाम्फालेर गुहार मागेपछि घटनाबारे स्थानीयले थाहा पाएको घादिङ प्रहरीले जनाएको छ ।

तत्कालै स्थानीयले आगो निभाई उपचारका लागि जिल्ला अस्पताल धादिङवेसी पठाएका थिए । विमलाको अनुहार र हात, छोराको कोख, हात र टाउकाको आंशिक भाग जलेको जिल्ला प्रहरी कार्यालय धादिङका नायब उपरीक्षक रुपक खड्काले बताउनुभयो । अन्नपूर्ण पोस्ट् दैनिकले खबर छापेको छ ।

प्रतिक्रिया दिनुहोस्