Logo

नेकपाले टुंग्यायो जनवर्गीय संगठनको नेतृत्व, क-कसलाई के जिम्मेवारी?



कखरा संवाददाता


२ भदौ, काठमाडौं । नेकपा सचिवालयको बैठकले आइतबार साँझ उपत्यका विशेष कमिटीको इन्चार्ज लिलामणि पोखरेललाई बनाउने निर्णय गरेको छ भने सह–इन्चार्जमा धर्मभक्त नेपाल रहेका छन् ।

यस्तै जिल्ला कमिटी इन्चार्जमा माधव ढुंगेल, सह इन्चार्ज कृष्ण केसी, अध्‍यक्ष रमेश मल्ल र सचिव सुनिता बराल छानिएका छन् ।

त्यसैगरी मजदुर विशेष कमिटीमा इन्चार्ज बीना श्रेष्ठ,सहइन्चार्ज कुमार पौडेल,अध्‍यक्ष जगत सिंखडा र सचिव नरनाथ लुँइटेललाइ तोकेको छ ।

यस्तै गरी पेशागत विशेष विशेष कमिटीमा इन्चार्ज केशव प्रसाद नेपाल,सहइन्चार्ज( प्रबल खनाल,अध्‍यक्ष प्रेम पराजुली र सचिवमा कृष्णराज केसीलाई चयन गरिएको छ ।

यस्तै उद्योगी व्यावसायी विशेष कमिटीमा इन्चार्ज पार्वत गुरुङ, सह–इन्चार्ज शशि श्रेष्ठ र सचिव चन्द्र रिजाल चयन भएका छन् ।

केन्द्रीय सम्पर्क समन्वय कमिटीमा इन्चार्ज छविलाल विश्वकर्मा,सह इन्चार्ज डिलाराम आचार्य, विजय गुरुङ, झक्कु सुवेदी,अध्‍यक्ष प्रल्हाद बुढाथोकी र सचिवमा नरेन्द्र श्रेष्ठ रहेका छन् । यो जानकारी नेकपाका प्रवक्ता नारायणकाजी श्रेष्ठले दिएका हुन् ।

यस्तै प्रदेश नम्बर १को सम्पर्क कमिटिमा इन्चार्ज हेम कुमार राइ, सह–इन्चार्ज हेम भण्डारी,अध्‍यक्षमा सचिव ध्रुव कुमार आङदङ्बे रहेका छन् ।

यस्तै प्रदेश २ को सम्पर्क कमिटीमा इन्चार्ज अच्युत मैनाली, सह–इन्चार्ज भरत साह,अध्‍यक्ष सुनिता यादव,सचिव बिल्टु यादव रहेका छन् ।

यस्तै प्रदेश ३ को सम्पर्क कमिटीमा इन्चार्ज गणेश पहाडी,सह(इन्चार्ज युवराज दुलाल,अध्‍यक्ष कमला दोङ र सचिव श्‍याम बस्नेत छानिएका छन् ।

गण्डकी सम्पर्क कमिटीको इन्चार्जमा दिलु पन्त, सह–इन्चार्ज बिनु खड्का, अध्यक्ष तारा खडका र सचिव विष्णु सिग्देल रहेका छन् ।

यस्तै प्रदेश नम्बर ५ सम्पर्क कमिटीमा इन्चार्जमा मान बहादुर बुढा, सह–इन्चार्ज गौरा प्रसाद कोइराला, अध्‍यक्ष थानेश्वर बस्याल,सचिव सुनिता रोकाय छानिएकी छिन् ।

कर्णाली प्रदेश सम्पर्क कमिटीकोइन्चार्जमा झक बहादुर मल्ल,सह इन्चार्ज गोविन्द विक्रम शाह अध्यक्ष पूर्णबहादुर मल्ल,सचिवमा चित्र बहादुर घर्तीमगर रहेका छन् ।

यस्तै सुदूर पश्चिम प्रदेश सम्पर्क कमिटीमा इन्चार्ज गौरीशंकर चौधरी, सह–इन्चार्ज महेश्वर पाठक,अध्यक्ष शिव ठकुल्ला र सचिव हेमन्त जोशी छानिएका छन् ।

यस्तै जनवर्गीय संगठनतर्फ ट्रेड युनियनको इन्चार्ज जयपुरी घर्ती र सहइन्चार्ज विनोद श्रेष्ठ, किसानको इन्चार्ज बामदेव गौतम र सहइन्चार्ज सुनिल मानन्धर तोकिएका छन् ।

महिलाको इन्चार्जमा गोमा देवकोटा र सहइन्चार्जमा कमला रोक्का तथा युवामा इन्चार्ज महेश बस्नेत र सहइन्चार्ज रामप्रसाद सापकोटा दिपशिखखा छन् भने विद्यार्थीमा इन्चार्ज हितमान शाक्य र सहइन्चार्ज विनोद ढकाल हुँदा वुद्धिजिवीको इन्चार्जमा अग्नि सापकोटा र सहइन्चार्जमा टंक कार्की छन् ।

पेशागत महासंघको इन्चार्जमा पम्फा भुसाल र सहइन्चार्जमा विश्वनाथ प्याकुरेल तोकिएका छन् । २२ मध्ये ६ वटा जनवर्गीय संगठनबारे बरिष्ठ नेता माधवकुमार नेपालले ‘नोट अफ डिसेन्ट’ को प्रस्ताव राखेका छन् ।

प्रतिक्रिया दिनुहोस्