Logo

बोक्सी आरोपमा मलमूत्र खुवाइयो



कखरा संवाददाता


२ भदौ, महोत्तरी । मलमूत्र खुवाएको आरोपमा दुई जनालाई प्रहरीले पक्राउ गरेको छ ।

भंगहा नगरपालिका वडा नम्बर–४, रामनगर विर्तामा चन्दन देवी दनुवारलाई मलमूत्र खुवाएको आरोपमा इन्दुदेवी दनुवार र सुकेश्वरी देवी दनुवारलाई प्रहरीले पक्राउ गरेको हो ।

जिल्ला अदालत महोत्तरीबाट अनुसन्धानको लागि म्याद थप गराई अनुसन्धान शुरु गरिएको जिल्ला प्रहरी कार्यालय महोत्तरीका प्रवक्ता डिएसपी माधव प्रसाद बुढाथोकीले बताए ।

शनिबार साँझ पीडितलाई घर अगाडीकै सडकमा लछारपछार गर्दै कुटपिट गरिएको थियो। कुटपिटले मात्र हुँदैन मलमूत्र नै खुवाउनुपर्छ भन्द मलमूत्र खुवाइएको पीडितको जाहेरीमा उल्लेख छ ।

पक्राउ परेकाकै आफन्त मानसिक सन्तुलन ठिक नभएको र वोक्सीले टुनामुना गरेरे मानसिक सन्तुलन ठिक नभएको आरोप लगाउँदै उनलाई मलमूत्र खुवाइएको जाहेरीमा उल्लेख छ ।

गत आर्थिक वर्षमा महोत्तरीमा वोक्सीको दुई वटा मुद्दा दर्ता भएको छ। चालु आर्थिक वर्षको यो पहिलो मुद्दा दर्ता भएको हो ।

प्रतिक्रिया दिनुहोस्