Logo

नेकपाको सचिवालय बैठक बस्दै



कखरा संवाददाता


१ भदौ, काठमाडौं । सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी नेकपाको सचिवालय बैठक आइतबार बस्दैछ । बैठक दिउँसो ४ बजे प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बस्नेगरी बोलाइएको छ ।

शनिबार बोलाइएको बैठक पार्टी एकताका बाँकी काम पूरा गर्न थप छलफल गर्नुपर्ने भन्दै आजका लागि सारिएको हो । शुक्रबार बसेको बैठकले ३२ केन्द्रीय विभागको जिम्मेवारी तोकेको थियो ।

आइतबारको बैठकमा विभिन्न जनबर्गीय संगठनहरुको इन्चार्ज तथा सहइन्चार्ज, सम्पर्क कमिटीहरु, विशेष प्रदेश कमिटी, प्रवास कमिटीलगायतमा छलफल हुने प्रवक्ता नारायणकाजी श्रेष्ठले बताए । यसैगरी नेकपामा ज्येष्ठ कम्युनिष्ट मञ्च, अनुुशासन आयोग, लेखा आयोग, राष्ट्रिय परिषद् सदस्य गठनलगायतका काम बाँकी छन् ।

प्रतिक्रिया दिनुहोस्