Logo

प्रचण्ड र माधव कुमार नेपालबीच भेटवार्ता



कखरा संवाददाता


१ भदौ, काठमाडौं । सत्तारुढ नेकपाका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र वरिष्ठ नेता नेता माधवकुमार नेपालबीच भेटवार्ता भएको छ । शनिबार बिहान नेपाल निवासमा दुई नेताबीच भेट भएको हो ।

नेता नेपालले प्राप्त गरेको वरिष्ठ नेताको वरियता आफूले पाउनु पर्ने झलनाथ खनालको प्रस्तावलाई अध्यक्ष केपी शर्मा ओली र दाहालले सकारात्मक रुपमा लिएको भनिएको भोलिपल्ट दाहाल नेपाल निवास पुगेका हुन् ।

त्यहाँ दाहाल र नेपालबीच झण्डै आधा घन्टा छलफल भएको बुझिएको छ। वरिष्ठ नेताको वरियता आफूले पाउनु पर्ने प्रस्ताव औपचारिक रुपमा सचिवालयमा पेश गरेपछि खनाल खुशी छन् भने नेपाल त्यसमा सहमत हुने देखिएको छैन।

तर दुई अध्यक्ष ओली र दाहाल मिलेको खण्डमा त्यो वरियता खनाललाई दिन असहज भने छैन। दाहाल नेपाललाई त्यसमा मनाउने प्रयासमा त्यहाँ पुगेको बुझिएको छ।

प्रतिक्रिया दिनुहोस्