Logo

आईजीपी र एआईनजीको तलब बराबर, अन्यको कति ?



कखरा संवाददाता


१ भदौ, काठमाडौं । प्रहरी महानिरीक्षक (आईजीपी) र अतिरिक्त प्रहरी महानिरीक्षक ९एआईजी० को तलबभत्ता कति फरक होला ? पत्यार नलाग्न सक्छ, दुवैको तलव बराबर छ । सरकारले राष्ट्रसेवकलाई प्रदान गर्दै आएको तलबमान अवैज्ञानिक र त्रुटिपूर्ण छ भन्ने यो गतिलो उदाहरण हो ।

कानुनअनुसार आइजीपी र आईजीको दुवै विशिष्ट श्रेणीका पद हुन् । सशस्त्र प्रहरी बल र राष्ट्रिय अनुसन्धान विभागका आईजीपी र एआईजीको तलबसमेत बराबर छ ।

त्यस्तै नेपाल सरकारका सचिव र नेपाली सेनाका रथी (लेफ्टिनेन्टन जनरल) को हैसियत बराबर छ । अझ मर्यादाक्रमको वरीयतामा सचिवलाई आगाडि राखिएको छ । तलबमान भने रथीको भन्दा सचिवको धेरै कम छ । रथीभन्दा एक तह तलका उपरथी र सचिवको तलब बराबर छ । कान्तिपुर दैनिकले खबर छापेकाे छ ।

आईजीपी–६०,६८०
एआईजी–६०,६८०
रथी–६२,५४०
सचिव –६०, ६८०
स.रथी–डीआईजी–५१,०००

सहसचिव–४७,३८०
प्रमुख सेनानी–प्रहरी उपरिक्षक–४३,६४०
उपसचिव–४०, ३८०
सहसेनानी –३९,०५०
शाखा अधिकृत –३५,९९०

प्रतिक्रिया दिनुहोस्