Logo

सबै निजी घरको १० लाखसम्म बीमा गरिने



कखरा संवाददाता


१ भदौ, काठमाडौं । उदयपुरको त्रीयुगा नगरपालिकाले त्रीयुगा सभ्यता र विकास कार्यक्रमअन्तर्गत नगरपालिकाका सबै घरको सुरक्षित बीमा गर्ने भएको छ ।

सुरक्षित घर अभियान चलाउने तयारी गरेको नगरपालिकाले पालिकाभित्र बसोबास गर्ने सबै घरहरुको अनिवार्य बीमा गराई सुरक्षित घर अभियान कार्यक्रम ल्याएको हो ।

नगरप्रमख बलदेव चौधरीका अनुसार २० हजार ५४ घरधुरी रहेको त्रियुगा नगररपलिकाभित्र करिब ३० प्रतिशत घर दसलत, गरिब तथा विपन्न परिवार भएकोले १० लाख सम्मको निशुल्क घर बीमा गरिदिने व्यवस्था मिलाइएको हो । घर बीमाका लागि बीमा कम्पनीले पनि काम अघि बढाइसकेको छ । समाचार गोरखापत्रमा प्रकाशित छ ।

प्रतिक्रिया दिनुहोस्