Logo

अन्तत: कर्मचारीको उमेर हद ६० वर्ष



कखरा संवाददाता


३२ साउन, काठमाडौं । निजामती कर्मचारीको उमेर हद अन्ततस् ६० वर्ष पुर्याइने भएको छ ।

संसदको राज्यव्यवस्था तथा सुशासन समितिमा छलफलका क्रममा रहेको संघीय निजामति सेवासम्बन्धी विधेयकमा कर्मचारीको उमेर ६० वर्ष तोक्ने विषयमा सहमति भएको हो ।

मुलुकको समग्र प्रशासन हाक्नेगरी बनाउन लागिएको संघीय निजामति सेवा ऐनमा कर्मचारीको उमेरहदसम्बन्धी नयाँ व्यवस्था गर्न लागिएको हो । अबदेखि प्रदेश निजामति सेवा ऐन र स्थानीय सेवा ऐनमा पनि कर्मचारीको उमेर हद ६० वर्ष नै हुनेछ ।

हाल निजामति कर्मचारीको उमेर हद ५८ वर्ष रहेको छ । समाचार राजधानी दैनिकमा छापिएको छ ।

प्रतिक्रिया दिनुहोस्