Logo

अवैध यौन सम्बन्ध विवादपछि दाई भाउजुको हत्या



कखरा संवाददाता


३२ साउन, काठमाडौं । बागलुङको ढोरपाटन नगरपालिका–८ बोवाङ्गमा साउन २५ गते बृद्ध दम्पतीको हत्या आफ्नै भाईले गरेको खुलेको छ ।

घटना पश्चात पक्राउ परेका मृतकका भाई ६१ वर्षीय मसाने कामीले अनुसन्धानको क्रममा आफुले बन्चरो र खुकुरी प्रहार गरी दाई भाउजुको हत्या गरेको स्वीकार गरेका हुन् ।

साउन २५ गते ढोरपाटन नगरपालिका–८ साविक बोवाङ्ग–४ कुईने अङगरे बस्ने ६४ वर्षीय भानबहादुर कामी र उनकी श्रीमती ६० वर्षीया बिमा कामीको हत्या भएको थियो ।

मृतकका छोरा लिले कामी र आरोपित मसानेकी जेठी बुहारीबीच अनैतिक सम्बन्ध रहेको विषयमा भाउजुसँग विवाद हुँदा आक्रोसित मसानेले दाई भाउजुको हत्या गरेको जिल्ला प्रहरी कार्यालय बागलुङका प्रहरी उपरीक्षक नवराज भट्टले जानकारी दिनुभयो ।

माथिल्लो गोठमा बसेकी भाउजुसँग विवाद हुँदा मसानले नजिकै रहेको खुकुरी प्रहार गरी हत्या गरेका थिए । हतियार प्रहार गरी विभत्स हत्या गरेको प्रहरी उपरीक्षक भट्टको भनाई छ । राजधानी दैनिकले खबर छापेको छ ।

प्रतिक्रिया दिनुहोस्