Logo

प्रधानमन्त्रीको स्वास्थ्य अवस्था ठीक छः विष्णु रिमाल



कखरा संवाददाता


३१ साउन, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीको स्वास्थ्य अवस्था ठीक रहेको उनका प्रमुख राजनीतिक सल्लाहकार विष्णु रिमालले बताएका छन् । अस्वस्थ भएको भन्दै प्रकाशित समाचारहरु ‘अफवाह’ मात्रै भएको उनको दाबी छ ।

बिहीबार प्रधानमन्त्री ओली अस्वस्थ भएपछि पार्टीको सचिवालय बैठक बस्न नसकेको नेकपाका प्रवक्ता नारायणकाजी श्रेष्ठले बताएका थिए । तर प्रमुख राजनीतिक सल्लाहकार रिमालले ट्वीट गर्दै प्रधानमन्त्रीको स्वास्थ्य अवस्था ठीक रहेको जानकारी दिएका हुन्।

‘ सिंगापुरमा स्वास्थ्य परिक्षण गरी स्वदेश फर्किए लगत्तै पार्टी र सरकारको बाक्लो कामको धपेडीले सम्माननीय प्रधानमन्त्री केही थकित हुनुभयो र सचिवालय बैठक भोलि ९शुक्रबार० बस्ने गरी स्थगित भयो। यसै आधारमा उहाँको स्वास्थ्य अवस्था बारे अडकलवाजी सहित केही मिडियामा संप्रेषित अफवाहहरू निराधार छन्’, रिमालले ट्विटमा भनेका छन् ।

अर्को ट्विटमा रिमालले प्रधानमन्त्री ओली शुक्रबार बिहानबाटै नियमित काममा सक्रिय हुने बताएका छन् ।

‘प्रमको स्वास्थ्य ठीक छ । उहाँ भोलि ९शुक्रबार० बिहानबाटै नियमित भेटघाट र बैठकहरूमा संलग्न रहनु हुनेछ। उहाँको स्वास्थ्य अवस्थाप्रति निश्चिन्त रहन आग्रह गर्दै चासो राख्नु हुने सबै शुभचिन्तकहरूमा धन्यवाद छ’, रिमालले भनेका छन् ।

प्रतिक्रिया दिनुहोस्