Logo

एनसेल कर विवादमा सर्वोच्चले भदौ ५ मा निर्णय सुनाउने



कखरा संवाददाता


३१ साउन, काठमाडौं । एनसेलको कर विवादमा सर्वोच्च अदालतले भदौ ५ गते निर्णय सुनाउने भएको छ । बिहीबार निर्णय सुनाउने भनिए पनि अर्को विहीबारलाई सरेको हो ।

एनसेलको कर विवादसम्बन्धी रीट सर्वोच्चमा न्यायाधीशहरु तेजबहादुर केसी, पुरुषोत्तम भण्डारी, डम्बरबहादुर शाही, सुष्मालता माथेमा र मनोजकुमार शर्मा रहेको बृहत पूर्ण इजलासमा छ । एनसेल कर विवादमा भदौ ५ गते निर्णय सुनाउने सर्वोच्चका सञ्चार विज्ञ किशोर पौडेलले जानकारी दिए ।

ठूला करदाता कार्यालयले गत वैशाख ३ गते एनसेलको सेयर स्वामित्व खरिद बिक्रीबापत ३९ अर्ब ६ करोड ६ लाख ८४ हजार ८ सय १५ रुपैयाँ पूँजीगत लाभकर तिर्न बाँकी रहेको भनी ७ दिनभित्र तिर्न एनसेललाई पत्राचार गरेको थियो । त्यसविरुद्ध एनसेल रीट लिएर सर्वोच्च गएको थियो ।

प्रतिक्रिया दिनुहोस्